२० असार/ तेह्रथुमको लालीगराँस नगरपालिका
वडा नं. ८ सोल्मामा खुकुरी प्रहार गरी आफ्नै छोराले आमाको हत्या गरेका छन् ।
विहिवार दिउँसो २ वजे तिर २३ वर्षीय छोरा दिपक नेपालीले ६० वर्षीय आमा तिलमाया
नेपालीको खुकुरी प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी
निरिक्षक खगेन्द्र एक्तेनले बताउनु भयो ।
आमाको हत्या गरी गाउँमा आमाको हत्या गरे
भन्दै हिडेका अभियुक्तलार्ई छिमेकीले समाती प्रहरीलाई खवर गरेका थिए । सामान्य
घरायसी विवादमा आमाको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीय
वासीका अनुसार फरार अभियुक्त माईला छोरा हुन ।