मुख्य समाचार
तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा ५३.५९ प्रतिशत मतदान, प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न | तेह्रथुममा ३९ प्रतिशत मत खस्यो । | जिल्ला कारागार तेह्रथुममा रहेका १ महिला सहित ५३ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग | तेह्रथुममा २९ प्रतिशत मत खस्यो । | जिल्ला प्रशासन कार्यालयले गर्यो बजार अनुगम | आठराई र छथरबाट एमालेको चुनावी अभियान सुरु | म मन्त्री हुँदैमा नि:शुल्क शिक्षा कसरी दिने, भगवान हो र? शिक्षामन्त्री पुनले भने | जमरा राख्ने सही विधि के हो ? |

भूमि समस्या समाधानका लागि म्याङलुङमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्वी प्रेस 52+ समाचार ( )
१७ आश्विन २०८२, मङ्गलबार

तेह्रथुम, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्याको दीर्घकालीन समाधानका लागि म्याङलुङ नगरपालिकाको सभाहलमा सोमबार विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भूमि समस्या समाधान आयोग जिल्ला समिति, तेह्रथुम र म्याङलुङ नगरपालिकाको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा लालपुर्जा वितरण प्रक्रिया, भूमिहीनको अधिकार, तथा स्थानीय तहमा देखिएका भूमि सम्बन्धी ‌समस्याहरू र भूमि सम्वन्धी विद्यमान कानुनी प्रावधानका विषय‍मा गहन छलफल भएको थियो।

भूमि समस्या समाधान आयोग जिल्ला समिति सामाजिक न्यायको आधारमा भूमिहिन नागरिकलाई जग्गाको स्वामित्व दिलाउने लक्ष्यसहित तीव्र रूपमा क्रियाशील रहेकोले समस्या समाधानका लागि स्थानीय तहको पूर्ण सहकार्य आवश्यक रहेको समितिका अध्यक्ष गणेश वहादुर सोदेम्वाले  बताउनु भयो ।

म्याङलुङ नगरपालिकाका नगरप्रमुख संजय कुमार तुम्बाहाम्फेले भूमिहीन समस्या समाधानलाई नगरपालिकाको प्राथमिकतामा राखिएको बताउँदै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित रूपमा बसोबास गरिरहेका परिवारलाई व्यवस्थित गर्न नगरपालिका पूर्ण रूपमा सहयोगी र समन्वयकारी भूमिकामा रहने बताउनु भयो ।

वडाध्यक्षहरू सहित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, नागरिक समाजका प्रतिनिधि र सेवाग्राहीहरूको सहभागितामा रहेको अन्तरक्रियामा समितिका सदस्य सचिव तथा नापी कार्यालय प्रमुख सम्झना ढुंगानाले सहजीकरण गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार