प्रतिनिधि
सभा सदस्य निर्वाचन अन्तर्गत एक मात्र
निर्वाचन क्षेत्र रहेको तेह्रथुममा मतदान शान्तिपूर्ण रुपमा जारी रहेको छ । बिहान
७ बजेदेखि सुरु भएको मतदान दिउँसो २:३० बजेसम्म आइपुग्दा २८ हजार २ सय ३ मत खसेको
छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म खसेको मतमध्ये १३ हजार ९ सय ७५
महिला र १४ हजार २ सय २८ पुरुष मतदाता
रहेका छन् । ७३ हजार १ सय ३७ मतदाता रहेको
तेह्रथुमका दिउँसो २:३०
बजेसम्म ३९ प्रतिशत मतदान भएको छ ।
मतदान
प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तेह्रथुममा
१२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । मतदान बेलुका ५ बजेसम्म सञ्चालन हुने
निर्वाचन कार्यतालिका रहेको छ । सुरक्षाका दृष्टिले संवेदनशील तथा अतिसंवेदनशील
मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने अन्य केन्द्रमा पनि निर्वाचन
प्रहरी, नेपाल
प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।