दशैंमा
मान्यजनहरूले टीका लगाइदिँदा सँगै कानमा जमरा लगाइदिने चलन छ । निधारमा टीका र
कानमा जमरा सिउरिनुलाई दशैंको मनाएको संकेतको रूपमा लिइन्छ । धार्मिक
विश्वासअनुसार दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरी जौंको जमरा राखिन्छ ।
कतै-कतै मकैको जमरा पनि देखिन्छ ।
जमरा
राख्नु दशैंको महत्वपूर्ण परम्परा हो । आश्विन शुक्ल प्रतिपदाको दिन जमरा राख्ने
गरिन्छ । यस दिनलाई घटस्थापना भनिन्छ । यो दशैंको सुरुको दिन हो ।
कसरी राख्ने जमरा ?
सामग्री तयार पार्ने
-जौ वा
मकैको बीउ लगभग १–२ मुट्ठी वा आवश्यकता अनुसार।
-मलिलो
खालको फुको माटो ।
-जमरा
राख्नका लागि एउटा ठूलो किस्ती वा भाँडो, टपरी, केराको पातमाथि पनि जमरा राख्ने
चलन छ ।
-अँध्यारो
ठाउँ ।
-पानी (एक
जग)
यदि छिट्टै
उम्रार्ने हो भने बीउलाई अघिल्लो दिन नै पानीमा भिजाएर राख्न पनि सकिन्छ ।
जमरा राख्ने तरिका
-पूजा
गरेपछि किस्ती वा जमरा राख्न तयार पारेको भाँडोमाथि माटो फिजाउने । माटोको तह लगभग
२–३ इन्च हुनु राम्रो मानिन्छ ।
-भिजेको
बीउलाई समान रूपमा छर्ने । यसलाई माटोले हल्का छोप्ने ।
-जमरालाई
सुरुदेखि नै प्रकाश नपस्ने ठाउँमा राख्नुपर्छ । जस्तै अँध्यारो कोठामा वा उज्यालो
नपर्ने कुनातिर राख्न सकिन्छ । नभए कालो कपडाले ढाकेर अँध्यारो बनाउनुपर्छ ।
यदि प्रकाश पर्ने ठाउँमा राखियो भने जमरालाई पहेँलो नभई हरियो हुन्छ ।
-दैनिक
हल्का पानी छर्कनुपर्छ ।
-जमरा
राखेको कोठाको तापक्रम २५ डिग्री सेल्सियस आसपास हुँदा राम्रोसँग उम्रिन्छ ।
-४-५
दिनदेखि नै जमरा उम्रिन सुरु गर्छ । जमरा राखेको ९ वा १० दिनमा टीका लगाउने दिन
आउँछ । यस बेलासम्म राम्रोसँग सप्रिइसकेको हुन्छ ।
जमराका लागि मकै र जौ मध्ये कुन प्रयोग गर्न राम्रो हुन्छ ?
दशैंमा
जमरा राख्न जौ र मकै दुवै प्रयोग गर्न सकिन्छ, तर परम्परागत र व्यावहारिक रूपमा
जौ राम्रो मानिन्छ । आफ्नो परम्पराअनुसार चयन गर्न सकिन्छ ।
जौ
परम्परागत रूपमा दशैंको जमराका लागि प्रयोग हुन्छ किनकि यो हिन्दू शास्त्रमा
उल्लेखित छ र यसलाई देवीको प्रतीक मानिन्छ । जौको अंकुरण छिटो र समान हुन्छ, पहेँलो र लामो जमरा बन्छ । यो
सजिलै उपलब्ध हुन्छ र कम पानीमा पनि बढ्छ ।
मकै पनि
विकल्प हो, विशेष गरी
जौ उपलब्ध नभएमा । यसको जमरा ठूलो र मजबुत हुन्छ तर अंकुरण अलि ढिलो हुन
सक्छ । मकैको जमरा जौको भन्दा कम पहेँलो हुन सक्छ यदि राम्रोसँग हेरचाह नगरेमा ।
ध्यान दिनुपर्ने कुरा
-जमरा छर्ने
बेला बीउ ठिक रहेको निश्चित गर्नु आवश्यक छ । किनभने कीराले खाएको वा धेरै पुरानो
बीउ छरियो भने नउम्रिन पनि सक्छ ।
– दिनमा एक
पटक हल्का पानी छर्कनुपर्छ, स्प्रे
बोतल प्रयोग गर्दा राम्रो हुन्छ । माटो ओसिलो रहोस् तर पानी जम्न भने दिनुहुँदैन ।
-बीउ ठिक्क
मात्रामा लगभग सबै सतह ढाक्ने गरी छर्नुपर्छ । धेरै बाक्लो वा धेरै पातलो हुँदा
राम्रो हुँदैन ।