तेह्रथुम ।
पछिल्लो मत परिणाम अनु्सार तेह्रथुममा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले
मतान्तर वढाएका छन् । ढकालले ४ हजार १ सय ७ मत प्राप्त गरेका छन् ।
नेपाली
कांग्रेसका उम्मेदवार सन्तोष सुव्वाले ३ हजार ७ सय ८० मत प्राप्त गरी एमालेका
उम्मेदवार ढकाललाई पछ्याईरहेका छन् । एमाले उम्मेदवार ढकाल सुव्वा भन्दा ३ सय २७
मत अन्तरले अगाडी छन् ।
राष्ट्रिय
स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले ३ हजार ४ सय ७ मत प्राप्त गरेका
छन् । त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार लिम्वुले १ हजार
७ सय ९७ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्वुले २ सय ७७ मत
प्राप्त गरेका छन् ।
३९ हजार २ सय
९७ खसेको मत मध्ये हाल सम्म १४ हजार १ सय ७३ मत गणना सम्पन्न भैसकेको मुख्य
निर्वाचन अधिकृत दिलकुमार बर्देवाले जानकारी दिनुभयो । ६ सय १७ मत बदर भएको
निर्वाचन कार्यालयले जनाएको छ ।