तेह्रथुम । पछिल्लो मत गणना परिणाम अनु्सार
तेह्रथुममा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले अग्रता कायमै राखेका छन् ।
ढकालले ३ हजार ५ सय १७ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुव्वाले ३
हजार ४ सय २२ मत प्राप्त गरी एमालेका उम्मेदवार ढकाललाई पछ्याईरहेका छन् । ढकाल
सुव्वा भन्दा ९५ मत अन्तरले अगाडी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र
कार्कीले २ हजार ८ सय ४७ मत प्राप्त गरेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका
उम्मेदवार सुविन्द्र कुमार लिम्वुले १ हजार ५ सय ३० र नेपाली कम्युनिष्ट पार्टीका
उम्मेदवार रनध्वज लिम्वुले २ सय ६६ मत प्राप्त गरेका छन् ।