तेह्रथुम, साउन १७ — तेह्रथुमको लालीगुराँस नगरपालिका–१ मा यात्रुबाहक
बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परेका ५ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान
प्रतिष्ठान पठाइएको र ९ जना घाइतेलाई बसन्तपुर अस्पतालबाट सामान्य गराई घर फर्काइएको छ ।
संखुवासभाको धर्मदेबी
नगरपालिका– ९ मुलगाउँबाट झापा दमकतर्फ जाँदै गरेको बा २ ख ७२४४ नम्बरको बस आज
बिहान अनियन्त्रित भई लालीगुराँस–१ स्थित सडकबाट चिप्लिएर खसेको ईलाका प्रहरी
कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक जसबहादुर लिम्बूले बताउनु भयो । सवारी धनि समेत रहेका बस चालक खेम महत सम्पर्क
विहीन भएको प्रहरीले जनाएको छ ।