मुख्य समाचार
तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा ५३.५९ प्रतिशत मतदान, प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न | तेह्रथुममा ३९ प्रतिशत मत खस्यो । | जिल्ला कारागार तेह्रथुममा रहेका १ महिला सहित ५३ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग | तेह्रथुममा २९ प्रतिशत मत खस्यो । | जिल्ला प्रशासन कार्यालयले गर्यो बजार अनुगम | आठराई र छथरबाट एमालेको चुनावी अभियान सुरु | म मन्त्री हुँदैमा नि:शुल्क शिक्षा कसरी दिने, भगवान हो र? शिक्षामन्त्री पुनले भने | जमरा राख्ने सही विधि के हो ? |

लिम्बुको कविता संग्रहमा गद्य र पद्य दुवै शैलीमा रचना गरिएका ३५ वटा कविताहरु समावेश गरिएका छन् ।
पत्रकार भगिश्वर लिम्बुको कविता संग्रह थोःक्ला विमोचन

पूर्वी प्रेस 52+ समाचार ( )
लिम्बु भाषा र लिपीमा पहिलो पटक प्रकाशन भएको थोःक्ला नेपाली भाषामा ढोयो भन्ने अर्थ लाग्छ । समाजमा चेली माईती बिच आर्थिक उपार्जनको अपेक्षाले चेलीले माईतीलाई दिने उपहारलाई लिम्बु भाषामा थोःक्ला भन्छिन ।
१० माघ २०८०, बुधवार

तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पत्रकार भगिश्वर लिम्बुको लिम्बुभाषाको कविता संग्रह साेमवार  विमोचन गरिएको छ । शहरी विकास मन्त्री सीता गुरुङले लिम्बुको कविता संग्रह विमोचन गर्नु भएको छ । कविता संग्रह विमोचन गर्दै मन्त्री गुरुङले सबैखाले साहित्य सर्जकहरुलाई एउटै थलोमा उभ्याउनका लागी स्थानीय सरकारले समेत सहयोग गर्नु पर्ने धारणा राख्नु भएको छ ।

लिम्बुको कविता स‌ंग्रहमा गद्य र पद्य दुवै शैलीमा रचना गरिएका ३५ वटा कविताहरु समावेश गरिएका छन् । कविताहरुद्वारा लिम्बु समुदायमा रहेका मौलिकता र विगतका वास्तविकताको भाव उदृत गरिएको प्रकाशक तेयुङ लिम्बु यसङ वंशावली संघ नेपालका सचिव बलि तेयुङले जानकारी दिनु भयो । यो कविता संग्रहले पछिल्लो पिडीका कवि वा कवितामा रुचि राख्ने साहित्य प्रेमीहरुलाई कविता मोह बढाउन सकोस भन्ने अपेक्षा राखिएको कवि भगिश्वर लिम्बुले बताउनु भयो । पछिल्लो समय लिम्बु समुदायमा भाषा, लिपी, कला, साहित्य र संस्कृती प्रती मोह घट्दै गईरहेको बेला कवि भगिश्वरद्वारा कृति प्रकाशन गर्नु महत्वपूर्ण रहेको मुन्धुमविद  तथा लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले बताउनु भयो । 

लिम्बु भाषा र लिपीमा पहिलो पटक प्रकाशन भएको थोःक्ला नेपाली भाषामा ढोयो भन्ने अर्थ लाग्छ । समाजमा चेली माईती बिच आर्थिक उपार्जनको अपेक्षाले चेलीले माईतीलाई दिने उपहारलाई लिम्बु भाषामा थोःक्ला भन्छिन । विगत दुई दशकदेखी पत्रकारितमा कृयाशिल हुँदै आउनु भएका भगिश्वर लिम्बु रेडियो मेन्छ्यायेमका स्टेसन मेनेजर, पत्रकार महासंघ तेह्रथुमका पूर्व उपाध्यक्ष हुन । कृति देवनागरी र श्रीजंगा लिपीमा प्रकाशन गरिएको छ । सानै उमेरदेखी साहित्यमा रुची राख्दै आउनु भएका कवि लिम्बुले फुटकर कविता हाँस्य व्यङ्ग विधाहरु पस्तुत गर्दै आउनु भएको छ । 

प्रतिक्रिया

Kumar bishankhe १४ माघ २०८०, आइतबार

Good news

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार