तेह्रथुम । म्याङलुङ नगरपालिका ५ का ३४ वर्षिया दिलकुमार थेगुवालाई जवरजस्ती करणी अभियोगमा जिल्ला
प्रहरी कार्यालय तेह्रथुमले पक्राउ गरेको छ ।
चैत्र ४ गते बेलुका जवरजस्ती गर्न खोजेको भन्दै पीडित युवतीले मंगलवार
जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछी उनलाई जिरिखिम्ती बजारबाट पक्राउ गरिएको
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरिक्षक तेज प्रसाद भट्टराईले बताए ।