मुख्य समाचार
तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा ५३.५९ प्रतिशत मतदान, प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न | तेह्रथुममा ३९ प्रतिशत मत खस्यो । | जिल्ला कारागार तेह्रथुममा रहेका १ महिला सहित ५३ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग | तेह्रथुममा २९ प्रतिशत मत खस्यो । | जिल्ला प्रशासन कार्यालयले गर्यो बजार अनुगम | आठराई र छथरबाट एमालेको चुनावी अभियान सुरु | म मन्त्री हुँदैमा नि:शुल्क शिक्षा कसरी दिने, भगवान हो र? शिक्षामन्त्री पुनले भने | जमरा राख्ने सही विधि के हो ? |

तेह्रथुमको शुक्रवारेमा फोटो पत्रकारिता तालिम सम्पन्न

पूर्वी प्रेस 52+ समाचार ( )
१४ आश्विन २०८१, शुक्रबार

तेह्रथुम । छथर गाउँपालिकाको शुक्रबारेमा आयोजीत तीन दिने फोटो पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखाको अयोजना र छथर गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो ।

तालिममा विभिन्न संचार माध्यममा कार्यरत १७ जना पत्रकारहरुको सहभागीता थियो । तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि छथर गाउँपालिका अध्यक्ष सन्तविर लिम्वुले फोटो पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नु पर्छ भनेर नै तालिमलाई प्राथमिकता दिएको र आउँदा दिनमा पनि गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने वताए । आगामी दिनमा व्यवसायीक फोटो पत्रकारहरुको क्षमता विकासका लागि पालिकाले सक्दो सहयोग गर्ने अध्यक्ष लिम्वुले प्रतिवद्धता जनाए । फोटोको माद्याम बाट छथर गाउँपालिका र समग्र जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा आफुले गरेको अध्यक्ष लिम्वुले वताए ।

तालिम समापन कार्यक्रममा बोल्दै पत्रकार महासंघका सचिव राजकुमार लिम्वुले पत्रकारहरुको क्षमता विकासका लागि आयोजना गरीएको तालिमको खुलेर प्रशंसा गरे । स्थानीय तहले फोटो पत्रकारहरुलाई तालिम दिएर सहकार्यको वाटो खुला गरेको भन्दै महासंघका उपाध्यक्ष टिआर सेनेहाङले खुसी व्यक्त गर्दै गाउँपालिकालाई धन्यवाद दिए । तालिममा सहभागी नेपाल प्रेश युनीयन तेह्रथुमका अध्यक्ष प्रकास पाक्सावाले तालिमले आफुहरुले सिक्न नपाएका धेरै कुराहरु सिक्ने मौका पाएको चर्चा गरे ।

फोटो पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरीएको आयोजक संस्थाका अध्यक्ष उमेश नेपालीले वताए । सहभागीहरुलाई अगुवा फोटो पत्रकार विश्सप ताम्राकारले प्रशिक्षण दिएका थिए । सहभागीहरुले फोटो पत्रकारिता के हो ? कसरी गर्न सकिन्छ ? समाचारका लागि खिचिने फोटो, फोटो खिच्दा

फ्रेमिङ, कम्पोज, ट्राइमिङ, लाईट कण्डिसन लगायतका बिषयमा जानकारी पाएका थिए । तालिम समापन कार्यक्रममा बोल्दै नेपाल फोटो पत्रकार महासंघ कोशी प्रदेश सदस्य तथा कान्तिपुर टेलिभिजनका पत्रकार चन्द्र कार्कीले नयाँ टेक्नोलोजीको विकास भए संगै धरै कुराहरु डिजिटल भएकाले कार्यक्षेत्रमै यस्ता तालिम आयोजना हुंदा सहभागीहरुले भरपुर फाईदा लिएको वताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार