तेह्रथुम । पर्यटकीय
क्षेत्र बसन्तपुर आउने पर्यटकको सुरक्षाका लागि बसन्तपुरमा पर्यटक प्रहरी राखीएको
छ । पछिल्लो समय पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएपछि उनीहरुको सुरक्षा र सहजताका
लागि पर्यटक प्रहरी राखिएको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रमुख प्रहरी
निरीक्षक खगेन्द्र एक्तेन (लिम्वु) ले जानकारी दिए ।
प्रर्यटक प्रहरीको
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायव उपरिक्षक रञ्जन कुमार
दाहालले विहिबार एक कार्यक्रमका विच बसन्तपुरमा उद्घाटन गरे । उद्घाटन कार्यक्रममा
बोल्दै प्रनाउ दाहालले एकपटक आएको पर्यटक पटक पटक आउन सक्ने वातावरण सिर्जना
गराउनु स्थानीय नागरिकको कर्तव्य भएको औंल्याउंदै पर्यटकको सुरक्षाका लागि पर्यटक
प्रहरीको भुमिका महत्वपुर्ण हुने वताए ।
पर्यटक प्रहरी आएपछि
पर्यटकको गुनासो र समस्या समाधान गर्न सहज हुने स्थानीय होटल व्यवसायी प्रकाश
श्रेष्ठले वताए । एकै स्थानमा ३२ प्रजातीका गुराँस फुल्ने तीनजुरे मिल्के जलजले
(टिएमजे) को प्रवेशद्वार वसन्तपुरमा उल्लेख्य पर्यटक आउने गरेका छन् ।
उद्घाटन कार्यक्रममा
बोल्दै उद्योग बाणिज्य संघ बसन्तपुरका अध्यक्ष रोषन सुवेदीले पर्यटक प्रहरी
बसन्तपुरका लागि गहना सावित भएको धारणा राखे । कार्यक्रममा बोल्दै अर्का होटल
व्यवसायी प्रकास बरालले पर्यटक प्रहरी संग होटल व्यवसायीहरु हातोमालो गरेर काम
गर्न आतुर रहेको वताए ।
पर्यटकीय स्थलहरूमा
गस्ती र पेट्रोलिङ गर्ने, पर्यटकको लागि
आवश्यक सूचना दिने, सूचना आदान–प्रदान गर्ने, पर्यटकहरू बाट आएका उजुरी, निवेदन उपर छानबिन र कारबाही गर्ने गराउने, विना इजाजत गाइड कार्य गर्नेहरू माथि नियन्त्रण
तथा कारबाही गर्ने, होटल तथा
ट्राभल, ट्रेकिङ र रयाफ्टिङ एजेन्सीहरूमा निरीक्षण, समझदारी र आवश्यक कारवाही गर्ने एवं अध्ययन
गरी प्रतिवेदन तयार पार्ने, पर्यटकीय
क्षेत्रमा कुनै पनि अभद्र व्यवहार, अश्लील तथा अवाञ्छित काम गर्ने व्यक्तिलाई
नियन्त्रणमा लिई कारबाहीको लागि पठाउने लगायतका काम पर्यटक प्रहरीले गर्न प्रहरी
निरीक्षक लिम्वुले वताए ।
पहिलो चरणमा प्रहरी
सहायक निरीक्षकको कमाण्डमा तीन जना प्रहरी चरिचालन गरीएको ईलाका प्रहरी कार्यालय
वसन्तपुरले जनाएको छ ।